कुखुरा फर्ममा लगी ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । धनुषामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका-५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?