सोमपालको अर्धशतकमा आर्मी विजयी

लोकपथ
0
Shares

काठमाडौं । त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा सोमवार भएको खेलमा काठमाडौं मेयर-११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित हात पारेको हो ।

काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रन बनाए ।

May be an image of 3 people, people playing sports and outdoors

कप्तान विनोद भण्डारीले अविजित २० रन जोड्दा राजेश पुलामी ८ रनमा अविजित रहे । काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो । काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । उनले ७४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

May be an image of 1 person, playing a sport and standing

सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए । त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए ।

आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ विकेट लिए । जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १र१ विकेट लिए ।

जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । काठमाडौंको यो पहिलो हार हो ।

काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?