नुवाकोटमा राखियो नेकपा हटाउँदै एमाले लेखिएको बोर्ड

काठमाडौं । आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे फैसला गरेसँगै यतिबेला राजनीतिक माहोल तातेको छ ।

यसैक्रममा नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नामबाट गतिविधिहरु शुरु भएको छ ।

नुवाकोटमा सोमवार ओली पक्षले पार्टी कार्यालयमा रहेको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको बोर्ड राखेका छन् ।

एक कार्यक्रमकाबीच विदुर नगरपालिका वडा नं ४ मा रहेको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको अनेरास्ववियूका नेता विष्णु दाहालले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा सांसद केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सांसद बद्री मैनाली, बिन्दा ढुंगाना तथा पूर्व मेयर कमानसिंह लामा लगायतको उपस्थितीमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

यसअघि पार्टी एकिकरणपश्चात नेकपाको बोर्ड राखिएको थियो । सर्वोच्चको फैसललाई सम्मान गर्दै जिल्ला कमिटी नुवाकोटले एमालेको बोर्ड राख्ने निर्णय गरेको उनले बताए ।

यसैक्रममा मोरङमा पनि ओली पक्षका कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड राखेका छन् ।

सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहले विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको नेकपाको कार्यालमा एमालेको बोर्ड राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?