पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

लोकपथ
0
Shares

बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए ।

उनले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

आइतवार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए ।

उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?