नारी दिवसको अवसरमा निरु थापालाई सम्मान

लोकपथ
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ ।

एन्फाले सोमवार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व कप्तान निरुलाई सम्मान गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड सदस्य तथा पूर्व महिला मुख्य प्रशिक्षक हरि खड्काले नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निरुलाई कदरपत्रले सम्मान गरेका थिए ।

गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली प्रतियोगितासँगै निरुले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् । क्लब फुटबल भने उनले निरन्तर खेलिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?