ओली पक्षमा लागेका जोशी प्रचण्ड-नेपाल पक्षमै फर्किए

काठमाडौं । संसद विघटन पछि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षमा लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल पक्षमै फर्किएका छन ।

आज सोमवार विहान पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उनी प्रचण्ड-नेपाल  पक्षमा फर्किएका हुन् । पार्टी विभाजनपछि जोशी केपी शर्मा ओली पक्षमा लागेका थिए ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । संसद विघटन पछि दुई समूहमा बिभाजित नेकपामा नेताहरु एक अर्को पक्षमा जाने र फर्कने क्रम बढेको छ । यस अघि प्रचण्ड नेपाल पक्षमा लागेका शेर बहादुर तामाङ र उषाकला राई ओली पक्षमा फर्केका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?