राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला शनिवार हुने

RSS
0
Shares

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ आवद्ध उद्योगी तथा व्यवसायीको राष्ट्रिय भेला आउँदो शनिवार राजधानीमा हुने भएको छ । ‘समृद्ध नेपालको आधार राष्ट्रिय पूँजीको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको भेलामा देशभरका उद्योगी व्यवसायीको सहभागिता हुनेछ ।

भेलालाई नेपाल साविक कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल –नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने महासंघका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक श्रीबल्लभ नेपालले जानकारी दिए ।

भेलामा उद्योगी व्यवसायीका हकहतिका विषयमा छलफल हुने र निष्कर्ष सरकारलाई हस्तान्तरण गरिने उनले बताए । भेलाले महासंघको घटक संगठनको गठन र केन्द्रीय तथा कार्यालय सदस्य पनि थप गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?