हिन्दीमा प्रश्न सोध्ने भारतीय पत्रकारलाई पूर्वराजा ज्ञानेन्द्रको जवाफ,’आइ डन्ट नो हिन्दी’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र अहिले भारतको दार्जिलिङमा छन् । उनी यही फागुन १९ गते दार्जिलिङतर्फ गएका हुन् । व्यक्तिगत घुमघामको लागि पूर्वराजा दार्जिलिङ गएका हुन् ।

दार्जिलिङमा एक पत्रकार ज्ञानेन्द्रलाई हिन्दीमा प्रश्न सोद्छन् । तर, पूर्वराजाले उनको प्रश्न बीचमै काट्दै भने ‘आइ डन्ट नो हिन्दी’ अर्थात म हिन्दी बुझ्दिन । त्यसपछि ती पत्रकार बाध्य भएर नेपालीमा प्रश्न सोध्न बाध्य भए ।

उनले नेपालीमै पूर्वराजासँग भारत आउनुको कुनै विशेष कारण कि भनेर सोधेका थिए । पूर्वराजाले अहिले केही विशेष छैन भनेर जवाफ दिए अनि अगाडि बढे ।

हेर्नुहोस भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?