सर्‍यो प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक

लोकपथ
0
Shares

काठमाडौं । साविकको नेकपा प्रचण्ड–नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठक सरेको छ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कानूनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको प्रवक्ता श्रेष्ठले बताए ।

हिजो आइतवार बेलुका प्रचण्ड–नेपाल पक्षले कानुन विद्हरुसँग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न आज सोमवारका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?