वेस्ट इन्डिजले चुम्यो टी-ट्वान्टी सिरिज

लोकपथ
0
Shares

काठमाडौं । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज हात पारेको छ । सोमवार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २-१ ले सिरिज चुमेको हो ।

श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे ।

यस्तै निकोलस पुरणले २३ रन बनाए । इभिन लेविसले २१ रन जोड्दा फाबियन एलनले अविजित रहदै २१ रन बनाए । क्रिस गेल १३ रनमा आउट हुँदा कप्तान काइरन पोलार्ड सुन्य रनमा पेभेलियन फर्किए । जासन होल्डर १४ रनमा अविजित रहे ।

श्रीलंकाका लक्शान शन्दकानले ३ विकेट लिए । दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

श्रीलंकाका लागि दिनेश चण्डीमालले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा ३ चौका प्रहार गरे ।

यस्तै, अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए । वेस्ट इन्डिजका फाबियने एलन,केभिन,ओबेड म्याकक्वे र जासन होल्डरले एक एक विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जित निकालेको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?