प्रधानमन्त्री हुनकै लागि मात्र ओलीले पार्टी एकताको नाटक रचेको गंगा दाहालको आरोप

लोकपथ
0
Shares

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुनकै लागि मात्र पार्टी एकताको नाटक रचेको आरोप लगाएकी छिन् । पार्टी विभाजन भएको खुशीयालीमा ओलीका नेता कार्यकर्ताले देशभर हर्सोल्लास मनाईरहेका भन्दै दाहाल पुत्री गंगाले सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी एकताको नाटक रचिएको आरोप लगाएकी हुन् ।

“अन्तत: केपी ओलीको चाहना पुरा भएको छ, आज पार्टी विभाजन भएको खुशीयालीमा देशभर हर्सोल्लास मनाईरहेका छन् ,आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि मात्र पार्टी एकताको नाटक रचिएको रहेछ । नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ !” उनले लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?