‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज सोमवार दुई खेल हुँदैछ । आज सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लब तथा रानीपोखरी कर्नर टिम (आरसीटी) र पुल्चोक स्पोर्ट्स क्लब प्रतिष्पर्धा गर्न लागेका हुन् ।

सातदोबाटो र मध्यपुरबीचको खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ भने आरसीटी र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ । दुबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ ।

शिर्ष स्थानको सातदोबाटोले ९ खेलबाट २५ अंक जोडेको छ भने आठौं स्थानको मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ ।
यसैगरी आरसिटी १३ अंक जोडेर पाचौं स्थानमा रहँदा पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?