हराएको मोटरसाइकल सवारी धनीलाई फिर्ता

RSS
0
Shares

हेटौंडा । हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उनलाई बुझाएको हो ।

फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नम्बरको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतवार बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?