सर्वोच्चको फैसलापछि निर्वाचन आयोगको ५ रणनीति

लोकपथ
0
Shares

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले ५ रणनीतिसहित गृहकार्य अघि बढाएको छ ।
अदालतको फैसलापछि आयोगले अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको राजधानी दैनिकले खबर छापेको छ ।
एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई अन्य विकल्प दिने, एकताअघिका दुवै दललाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने, ऋषि कट्टेलको दललाई मार्ग प्रसस्त गर्न आधार दिने, एमाले र माओवादीलाई एक हुन वा गाभिन फेरि बोलाउने र उपनिर्वाचनपछि निर्वाचित भएका व्यक्तिका विषयमा कानुनी परामर्श गर्ने आयोगका रणनीति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?