प्रचण्डलाई कटाक्ष गर्दै बाँस्कोटाले भने – संसद पुनःस्थापना अग्रगमन भन्दै लड्डु बाँड्नेहरु अहिले कता गए ?

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको पहिलो बैठक बहिस्कार गरेपछि ओली समूहका नेता गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन् । आफैंले पुनःस्थापनाको माग गरेर आन्दोलन गरेका नेताहरुले नै पुनःस्थापित संसदको पहिलो बैठक अवरुद्ध गरेको भन्दै बाँस्कोटाले फेसबुकमार्फत् प्रचण्डलाई व्यङ्ग्य गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलाले पार्टी फुटाएर जान खोज्नेहरुका लागि समेत बाटो खुल्ला गरिदिएको टिप्पणी गर्दै उनले संसद पुनःस्थापना भइसकेको अवस्थामा फेरि किन क्याउँक्याउँ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू अहिलेको फैसलापछि कता गए भन्दै उनले व्यंग्य गरेका छन् ।

“आफैं पुनःस्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर । सूर्य पूर्वबाटै उदायो त किन हत्तू हैरान बनाउँदै दौड्या हुन ? अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे । अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ । फेरि क्याउँक्याउँ ? सकिएन बा ! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर,” बाँस्कोटाले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?