केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेशका साथै पश्चिमी पहाडी भू–भागहरूमा पूर्ण बदली रहि अन्य पहाडी भेगमा सामान्य बदली रहेको छ। देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा वागमती र प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राती देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?