लिभरपुल घरेलु मैदानमा स्तब्ध

लोकपथ
0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध भएको छ । आइतवार भएको खेलमा लिभरपुल फुलहमसँग १–० गोल अन्तरले पराजित भएको हो ।

फुलहमका लागि मारियो लेमिनाले खेलको ४५औँ मिनेटमा गोल गरे । उनको गोल नै खेलको निर्णायक गोल भयो ।

यो हारसँगै लिभरपुलले घरेलु मैदानमा लगातार छैटौँ हार व्यहोरेको छ । फुलहमले सन् २०१२ पछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा हराएको हो ।

जितपछि फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ भने लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?