स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

RSS
0
Shares

कणाली । गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए।

६ डाक्टर तथा ७ प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । उनका अनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?