२०७७, २४ फाल्गुन सोमवार ०७:०२

झण्डै १३ लाख बराबरको भन्सार छलीका सामानसहित दुई पक्राउ


प्रकाशित मिति : २०७७, २४ फाल्गुन सोमवार ०७:०२

रौतहट । रौतहट प्रहरीले जिल्लाको सिमा नाकाहुँदै भारतबाट चोरी पैठारी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र कार्यालय मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट भन्सार छली गरी विभिन्न सामान नेपाल भित्र्याइरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीको गस्ती टोलीले फरक फरक मितिमा विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको १२ लाख ९६ हजार तीन सय असी रुपैयाँ बराबरको सामान समेत बरामद गरेको छ ।

खसी ४ वटा, अल्मुनियमको ढोका ८ वटा, झ्याल १९ वटा र त्यसमा लाग्ने विडसहित एउटा ट्रयाक्टर, दुई वटा बलेरो, एउटा मारुती कार, दुई वटा मोटरसाईकल समेत गरी प्रहरीले उक्त मूल्य बराबरको सामानहरु बरामद गरेको हो ।

बरामद भएका सामानहरुसहित दुवैलाई भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस