प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने

काठमाडौं । साविकको नेकपा प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। आइतवार बेलुका प्रचण्ड–नेपाल पक्षले कानुन विदहरुसँग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न आज सोमवारका लागि स्थायी कमिटी बैठक बोलाएको हो।

सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि पार्टीभित्र छलफल गर्न आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन् । बैठकपछि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए ।

उनले सोमवारका लागि स्थायी कमिटी बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?