फाल्गुन २४ गते सोमवारको राशिफल

वि.सं. २०७७ साल फाल्गुन २४ गते । सोमवार । इ.स.२०२१ मार्च ०८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन कृष्णपक्ष । तिथी– दशमी,१७ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,२२ बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग–व्यातिपात,१५ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,१७ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेटमा,सूर्यास्त १८ बजेर ०७ मिनेटमा । दिनमान २९ घडी २० पला । नारी दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म, अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिलासुस्तिको चपेटामा परिए पनि अन्तत: काम हुनेछ । खोजमुलक काममा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दी आए पनि दैनिकी प्रभावित हुने छैन । तर पनि सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । यात्रा प्रेममा टाडिने समय रहेकोछ भने घर परिवार तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रसस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विद्या तथा प्रतिस्पर्धामा सहपाठिहरुलाई पछी पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतीको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपाहार पाईनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?