नयाँ बानेश्वरमा कार्यरत महिला प्रहरीसहित दुई जना पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार ताराकुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । हवल्दार श्रेष्ठको उक्त रकम लिएर सुरक्षित राख्ने होटल संचालक अनिश जोशी पनि पक्राउ परेका छन् ।

उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

हवल्दार श्रेष्ठ महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा कार्यरत प्रहरी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?