यस्ता पनि श्रीमान जसले पैसाको लोभमा श्रीमतीको हत्या गरे

काठमाडौँ- रुपन्देहीमा छुटा छुटै घटनामा पैसाको लोभमा श्रीमान्ले श्रीमतिको हत्या गरको भेटिएको छ । हालै भएको दुई हत्याकाण्डमा प्रहरी अनुसन्धान गर्दे जादाँ दुई जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधको हत्याको आरोपमा प्रहरीले उनको पति शैलेस कुमार लोध र देवर राजेश कुमार लोधलाई पक्राउ गरेको छ । घरायसी झैँ–झगडा र श्रीमतीको बीमा सम्बन्धि विषयका कारण कुशुमको हत्या उनकै पति शैलेश र देवर राजेशले हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले कुशुमको दुई ठाउँमा बीमा गरेको र बैंकमा रहेको ऋण पनि तिर्नुपर्दैन भन्ने अभिप्रायले हत्या गरेको अनुसन्धानको क्रममा पाइएको बताए । हत्याको घटनामा पक्राउ परेका दुवैजनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै रुपन्देहीमा आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहका २१ वर्षिय सम्झना चाईको आगो लगाइ हत्या गर्ने मुकेश चाईलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस १ गते कालिदहस्थित आफ्नै घरको कोठामा सम्झना चाईले आगो लगाएर जलेको अवस्थामा मृत अवस्थामा फेलापरेको थियो । मृतक सम्झनाको दाइ रामप्रसादले सम्झनालाई दाइजो कम ल्याएको भनी बेलाबेलामा यातना दिएको जाहेरीको आधारमा अनुुसन्धान गर्दे जादाँ पुष्टी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?