‘हामीलाई नेकपा नभन्नुहोस्, एमाले भन्नुहोस्’- सुवास नेम्वाङ

काठमाडौँ- पुनःस्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूलाई नेकपा नभन्न आग्रह गरेका छन्। उनले सर्वोच्चको फैसलापछि अब नेकपा एमाले भन्न उनले आग्रह गरे ।

उनले भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’  उनले अब संसदमा  नेकपा नरहेको बताएका छन् । नेम्वाङले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने बताए ।

यस्तै उनले अब नेकपाको सांसदको नाममा कुनैपनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?