ओलीको प्रश्न- ‘माधवजीको अवस्था के होला ?’, माधव नेपाल भन्छन्, ‘एमाले मैले बनाएको कहाँ छाड्छु’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । ओली समूहको बालुवाटारमा जारी दलको बैठकमा बोल्दै उनले ‘माधव नेपालको अवस्था अब के होला ? भन्दै कटाक्ष गरेका हुन्।

केही दिनअघि नेता नेपालले अबको दुई दिनमा केपी ओलीको भविष्य सकिने बताएका थिए ।

यता माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन्।

उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु?’

सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गर्दै  ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आधिकारिकता दिएर तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन्।

पछिल्लो समय नेकपा विभाजन भएसंगै माधव कुमार नेपालले प्रचण्डसँग सहकार्य गर्दै आएका छन् । नेपाललाई प्रचण्ड-माधव समूहले अध्यक्ष समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?