संसदीय दलको बैठकमा ओलीको सम्बोधन: विश्वासको मत लिनेदेखि एमालेको बैठक बोलाउनेसम्म

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अल्पमतमा परे संसद्मा विश्वासको मत लिने बताएका छन् । आइतवार साँझ बसेको संसदीय दलको बैठकमा ओलीले प्रचण्डले समर्थन फिर्ता लिए विश्वासको मत लिने धारणा राखेका हुन् ।

उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि बताएका छन् । प्रधानमन्त्री ओली सभामुखसँग आक्रोशित थिए । सभामुखले  कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै ओलीले आक्रोश पोखेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावललाई कटाक्ष गरेका छन्। ओलीले प्रश्न गरे, ‘भीम रावल संसद्मा कुन पार्टीको तर्फबाट उफ्रिएका रहेछन् ?’

नेता रावलले आजको संसद बैठकमा सर्वोच्च अदालतको फैसलासँगै ओलीको वैधानिकता सकिएको बताएका थिए।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?