भीम रावललाई मुख्यमन्त्री पोखरेलको जवाफ

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेता भीम रावललाई जवाफ दिएका छन्।

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै नपर्ने बताएका हुन् । फेसबुकमा पोखरेलले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै परेन।’

नेता रावलले संसद बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?