ओलीले अब विश्वासको मत लिनुपर्छ वा राजीनामा दिनुपर्छ- कमल थापा

काठमाडौं- राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब २ वटा मात्र विकल्प रहेको उल्लेख गरेका छन् । थापाले ट्विट गर्दै अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन् ‘नेकपा सम्बन्धि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ वा राजीनामा दिनुपर्छ,’

यस्तै उनले काँग्रेसले नयाँ निर्वाचनका लागि बाटो खोल्नुपर्ने तर्क गरेका छन् । थापाले लेखेका छन्, ‘यस अवस्थामा अपवित्र गठबन्धन बनाउन अस्वीकार गरी काँग्रेसले नयाँ चुनावको बाटो खोलिदिनुपर्छ।’

सर्वोच्च अदलतले नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको रहेको फैसला दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?