अदालतकाे फैसला निर्वाचन आयाेगमा दर्ता

काठमाडौँ- सर्वोच्च अदालतले नेकपा दलको नाम विवादमा गरेको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगको फैसला दर्ता भएको बताएका हुन् । आइतवार अदालतले ऋषि कट्टेल नेतृत्वको दललाई नेकपा नाम दिएर आधिकारिक रूपमा फैसला सुनाएको थियो ।

अदालतको फैसलासँगै सत्तारूढ नेकपाको नाम खारेज भएको थियो भने साविकको एमाले र माओवादी केन्द्र ब्युँतिनेसमेत फैसलामा उल्लेख गरिएको छ ।

प्रेस बिज्ञप्ती

सम्मानीत सर्वोच्च अदालतको च.नं.२२७३ मिति २०७७।११।२३ को मुद्दा नं. ०७५-WO-०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यूनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने यस आयोगबाट मिति २०७५।०२।२३ र मिति २०७५।०७।०९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज मिति २०७७।११।२३ गते कार्यालय समयमा नै प्राप्त भई यस आयोगमा दर्ता नं. १०१४ मा दर्ता भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

(राजकुमार श्रेष्ठ)

सह-सचिव एवं

प्रवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?