संसदमा कांग्रेस र जसपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

काठमाडौं । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गरेका छन्।

संसद पुनर्स्थापनापछि आइतवार पहिलोपटक बसेकावे प्रतिनिधि सभाको बैठकमा अध्यादेश पेश भएसँगै त्यसको विरोधमा सांसदहरुले रोस्टम घेर्दै विरोध गरेका हुन् ।

त्यस्तै सांसदहरूले असंवैधानिक संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन्।

संसदलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सचेतक बालकृष्ण खाँणले असंवैधानिक अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका थिए।

उक्त मागमा जसपाले पनि समर्थन गरेको थियो । त्यससँगै सभामुख अग्नि सापकोटाले संसद बैठक १० मिनेटको लागि स्थगित गर्ने गरेका थिए ।

संसद नभएका बेला ल्याइएका अध्यादेशहरु कार्यसूचीमा राखिएको भन्दै नेकपा प्रचण्ड(नेपाल पक्षले उक्त संसद बैठक बहिस्कार गरेर बाहिर निस्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?