बी डिभिजन लिग : बाँसबारीको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवार भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २६ औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा कमलको गोलबाट बाँसबारीले २-० को अग्रता बनायो ।

६० औं मिनेटमा अजयले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा निशानले दोस्रो गोल गर्दै बाँसबारीलाई ४-० को जित दिलाए ।

जितसँगै बाँसबारीले १० खेलमा २१ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।

झम्सिखेल १० खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?