ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकहरुले लगाए कोरोनाविरुद्धको खोप

लोकपथ
0
Shares

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपाल ओलम्पिक कमिटीको पहलमा आइतवार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए ।

सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा औं ३२ औं गृष्मकालीन ओलम्पिक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?