प्रचण्ड-नेपाल पक्षद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसद बैठक बहिस्कार गरेको छ ।

प्रतिनिधि सभा बैठक शुरु भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची रहेको जानकारी गराएसँगै उक्त समूहले बैठक बहिस्कार गरेको हो ।

त्यसअघि सांसद भिम रावलले उक्त अध्यादेशहरुका विषयलाई कार्यसूचीबाट हटाउनका लागि माग गरेका थिए ।

त्यस्तै यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि प्रचण्ड–नेपाल पक्षका सांसदरु संसद छोडेर बाहिर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?