अदालतको फैसला मान्छौँ, कार्यान्वयन गर्छौं : प्रधानमन्त्री ओली

RSS
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज (आइतवार) गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अपराह्न करीब ४ बजे संसद भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्किएका थिए ।

सर्वोच्च अदालतले आजै नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?