२०७७, २३ फाल्गुन आईतवार १७:४१

सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १७:४१

काठमाडौं । नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन् ।

सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतवार माइतिघरमण्डलादेखि बानेश्वर सम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन् ।

जुलुशमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस