प्रधानमन्त्री कप महिला भलिबल : न्यू डाइमण्डको पहिलो जित

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा न्यू डाइमण्ड क्लवले पहिलो जित हात पारेको छ ।

उसले आफ्नो दोस्रो खेलमा विभागिए टिम त्रिभुवन आर्मीलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो । जारी प्रतियोगितामा आर्मीको पहिलो हार हो ।

न्यू डाइमण्डले आर्मीलाई २५–१८, २५–२१, २३–२५ र २५–२१ ले जित्यो । सुरुवाती दुई सेट जितेका न्यू डाइमण्डले तेस्रो सेट गुमाएको थियो ।

तर चौथो सेटमा न्यू डाइमण्डले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । यसअघि पहिलो खेलमा न्यू डाइमण्ड नेपाल पुलिस क्लवसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?