सिबिफिनको साधारणसभा सम्पन्न : १५ सदस्यीय कार्य समिति चयन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को साधारण सभाले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

सभाले पवन कुमार गोल्यानको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

सो सभाले भोजबहादुर शाह (बाणिज्य बैंक) वरिष्ठ उपाध्यक्ष,राजेश उपाध्याय (विकास बैंक) उपाध्यक्ष,केशवबहादुर रायमाझी (बाणिज्य बैंक) महासचिव,तुलसीराम अग्रवाल (बाणिज्य बैंक),कोषाध्यक्ष,कुशप्रसाद मल्ली (फाइनान्स कम्पनी) सचिव,मनोज कुमार केडीया (बाणिज्य बैंक)सह कोषाध्यक्ष, पृथ्वी बहादुर पाण्डे (बाणिज्य बैंक)सदस्य,तुलसीप्रसाद गौतम (बाणिज्य बैंक)सदस्य,इच्छा राज तामाङ (बाणिज्य बैंक) सदस्य,उपेन्द्र केशरी न्यौपाने (बाणिज्य बैंक) सदस्य,महेन्द्र कुमार गोयल (विकास बैंक) सदस्य,दशरथ रिसाल (विकास बैंक) सदस्य र हिरेन्द्रमान प्रधान (फाइनान्स कम्पनी) सदस्यमा चयन भएका छन् ।

सो सभाको उद्घाटन अर्थमन्त्री विष्णु पोडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?