नेपालमा थप ५८ जना कोरोना संक्रमण मुक्त हुँदा थपिए ६६ जना संक्रमित

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ४ हजार १११ पीसीआर परीक्षणमध्ये ६६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?