सर्वोच्चको फैसलापछि ऋषि कट्टेलको प्रतिक्रिया : ‘नगर्नुहोस् ! भन्दाभन्दै पेलेका थिए, खुसी छु’

लोकपथ
0
Shares

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिने फैसला सुनाएसँगै नेपाली राजनीति निकै गर्माएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता दिने फैसला गरेसँगै
ऋषिराम कट्टेलले प्रतिक्रिया दिँदै पावर, पैसा र मिडियाले पेलेर अगाडी बढेका ओली–प्रचण्डलाई आफ्नो पार्टीको नाम ३ वर्षसम्म प्रचार गरिदिएकोमा धन्यवाद् दिएका छन् ।

फैसलापछि कट्टेललाई सामाजिक सञ्जालमा बधाईको ओईरो लागेको छ भने उनले आफूले पहिल्यै नाम नजुधाउन आग्रह गर्दा ओली–प्रचडले नमानेको भन्दै अहिले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी दर्ता भएकै अवस्थामा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखेर आयोगमा दर्ता भएको थियो । त्यसविरुद्ध कट्टेल सर्वोच्च गएका थिए । आज यहि मुद्धाको फैसला सुनाएपछि राजनीतिमा खैलाबैला मच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?