सर्वोच्चको फैसला: प्रधानमन्त्री ओलीद्वारा स्वागत, प्रचण्डले भने- ‘अनपेक्षित’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्।

संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन् । सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ ।

उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षाविपरीत आएको प्रतिक्रिया दिएका छन्। उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ। यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु।’

फैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर बनेकाे नेकपा पार्टी खारेज भएको छ। सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र यथावत दल कायम रहने ठहर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?