काठमाडौं । सांसद महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सांसदको हैसियतमा संसदमा बसेको बताएका छन् ।
संसद पुनर्स्थापनापछि पहिलोपटक बस्न लागेको प्रतिनिधि सभाको बैठकमा उपस्थित हुँदै सांसद बस्नेतले त्यस्तो बताएका हुन् ।
सांसद बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भने- ‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’
नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले आज ऋषी कट्टेलको पक्षमा फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलासँगै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुपर्ने भएको छ। त्यसैबारे प्रतिक्रिया दिँदै सांसद बस्नेतले त्यस्तो लेखेको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया