२०७७, २३ फाल्गुन आईतवार १६:४८

अब के गर्लान् ओली – प्रचण्ड ? जानकारले देखाए ‘३ विकल्प’


प्रकाशित मिति : २०७७, २३ फाल्गुन आईतवार १६:४८

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी को नामको आधिकारिकता सम्बन्धमा फैसला दिँदै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पूर्वको हैसियतमा पुर्‍याएसँगै अब सत्तारुढ दलका दुई अध्यक्ष के गर्लान् ? तीनको पक्षमा गएका नेताहरु कता जान्छन् भन्ने प्रश्न उठेको छ ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ । यो फैसलापछि के हुन्छ ? धेरैको प्रश्न छ । यहि प्रश्नबारे लोकपथसँग कुरा गर्दै जानकारले तीन विकल्प रहेको औल्याए :
 

तीन बाटो : 
१. एकता गर्ने हो भने ओली प्रचण्ड नेतृत्वको नेकपाले नाम फेर्नुपर्ने (नयाँ नाम लिएर फेरि एकता गर्ने संभावना निकै कम छ) 
२. अब उनीहरु एकीकरण पूर्वको हैसियतमा पुगे अर्थात् सूर्य चिन्ह पूर्व एमालेलाई र गोलाकारभित्रको हँसिया हथौडा पूर्व माओवादी केन्द्रलाई जानेछ ।
३. नयाँ नाम /नयाँ चुनाव चिन्ह लिएर जानुपर्ने

१२ पृष्ठ लामो फैसलामा सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीले सत्तारुढ दलको नाम नेकपा नरहेपछि उनीहरु एकीकरण पूर्वको अवस्थामा पुगेका लेखेका छन्।

फैसलामा – ‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग – अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’

यो फैसलापछि अब नेकपा एमाले र माओवादी अलग अलग दल भएको संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिक्रिया दिएका छन् ।

नेकपा भन्ने पार्टीको नाम ऋषि कट्टेलले पाउने भनेपछि निर्वाचन आयोगले अब थप निर्णय गर्नुपर्छ ।

सत्तारुढ दलको विवादले राजनीतिक रुपमा विभाजित भएपछि एउटा पक्षको नेतृत्वमा ओली र अर्को पक्षलाई प्रचण्ड र माधवकुमार नेपाल भएका कारण दुवै पार्टीका सांसद दुवैतिर बाँकीएका थिए । सर्वोच्चको फैसलापछि एमालेका नेता माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा बादललगायतका नेताको अवस्था के हुन्छ ? भनेर जिज्ञाशा उठेको छ । यी बाहेक प्रचण्ड–माधव समूहमा पूर्व एमालेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेता छन् भने ओली पक्षमा पूर्व माओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेता छन् ।

Image

यसअघि प्रकाशित यो पनि पढ्नुहोस् : 

माधव नेपाललाई सर्वोच्चको महँगो ‘बर्थ डे गिफ्ट’

सर्वोच्चको फैसलाले २०७५ जेठ २ को अवस्थामा फर्किएका छौँ  : डा.  राजन भट्टराई

सर्वोच्चको फैसलासँगै ब्यूँतियो पूर्व एमाले र माओवादी केन्द्र

सर्वोच्चको निर्णयबारे प्रचण्डको प्रतिक्रिया यस्तो

 

प्रतिक्रिया दिनुहोस