सार्क च्याम्बर महिला उद्यमी परिषदको ‘नाईट बजार मेला’ सम्पन्न

काठमाडौं । कोभिड–१९ को प्रकोपका कारण रोकिएर रहेको कार्यक्रम ‘नाइट बजार’ मेला हिजो (शनिवार) सम्पन्न भएको छ ।

कोभिड–१९ को अवधिमा सदस्यहरूको आत्मविश्वास र व्यापारलाई बढावा दिनको लागि सहयोगी कार्यक्रमहरू सञ्चालन गरिएको सार्क च्याम्बर महिला उद्यमी परिषद नेपालले जनाएको छ ।

वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कोभिड–१९ भाइरसको साथ बाँच्न आवश्यक छ भन्ने विश्वासका साथ कार्यक्रम आयोजना गरेको परिषदले जनाएको छ । परिषदका अनुसार सामाजिक दुरी कायम राख्नका निम्ति बजार २२ वटा स्टालहरुमा सीमित राखिएको थियो ।

‘नाइट बजार’मा विभिन्न क्षेत्रका महिलाउद्यमीको प्रतिनिधित्व रहेको थियो । घरको सजावटदेखि सुन्दर सामानसम्म, हस्तशिल्पित गहना, हातले बनाएको कश्मीरी स्कार्फ, स्वेटर, सल, विशेष हस्तशिल्पित रेशम, शिफन साडी र गरगहना, मैनबत्तीहरु तथा अन्य विशेष चिजहरु जस्तै टेबल रनर, म्याटहरु, नेपालको प्रचलित लोकता कागज कपडा साथै अन्य कृषि उत्पादनहरू, परम्परागत खाद्यान्न वस्तुहरू जस्तै मस्यौरा, अचार, ताजा जैविक तरकारीहरू, स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरू र मसाजको माध्यमबाट हातको उपचार गर्ने जस्ता सम्पूर्ण कुराहरू सबै एउटै छानो मुनि उपलब्ध गरिएको परिषद्ले जनाएको छ ।

नेपालमा बनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको भावना प्राप्त गर्ने, स्थानीय उत्पादनहरूलाई प्रोत्साहित र प्रवर्द्ध नगर्ने, मानिसहरुको सोच परिवर्तन गर्ने र उद्यमीहरूलाई बी टु बी र बी टु सी को माध्यमबाट जोड्ने उद्देश्य रहेको परिषद्ले जनाएको छ ।

सार्क च्याम्बर महिलाउद्यमी परिषद् नेपाल ,सार्क उद्योग तथा वाणिज्य परिषद्को संरक्षणमा रहेर सन् २००१, मार्च २९ गते गठन भएको संस्था हो । यसको स्थापना सम्पूर्ण दक्षिण एसियाली उद्यमी तथा उद्योग प्रति इच्छुक महिलाहरूको विकास गर्ने उद्देश्यले स्थापना भएको परिषदले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?