काठमाडौं । संघीय संसदका पूर्व सभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
आइतवार बिहान महरालाई भेट्न विप्लव महरानिवास पुगेका हुन् । तत्कालिन माओवादीले गरेको १० वर्षे जनआन्दोलनका क्रममा महरा र विप्लव साथी समेत रहेका थिए ।
फागुन २१ गते शुक्रवार भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै विप्लवले भेटवार्तालाई बढाएका छन् । आपराधिक गतिविधि बढाएको भन्दै सरकारले २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो । सरकारसँग वार्ता गर्ने भएसँगै विप्लव समूहमाथिको प्रतिवन्ध समेत फुकुवा गरिएको छ ।
नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहमा आउनका लागि विप्लवलाई आग्रह गरिरहँदा प्रचण्ड निकट महरालाई भेट्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया