कोभ्याक्स अन्तर्गत प्राप्त कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

लोकपथ
0
Shares

काठमाडौं । नेपालले ‘कोभ्याक्स’ अन्तर्गत प्राप्त गरेको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप आज (आइतवार) काठमाडैं आइपुगेको छ । विहान ११ बजे ३ लाख ४८ हजार डोज खोप खोप लिएर टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्सले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गरेर नेपाल पठाएको हो ।

खोप एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी लगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई युनिसेफ नेपालका प्रतिनिधिहरूले हस्तान्तरण गर्ने छन् ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत नेपालको कुल जनसंख्याको २० प्रतिशतलाई निशुल्क खोप उपलब्ध गराउनेछ । कोभ्याक्स सुविधाको खोप पाउने दक्षिण एशियाका दुई मुलुकमा नेपाल र श्रीलंका परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?