बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज (आइतवार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज तोलामा ५ सयले वृद्धि भएको हो ।

शुक्रवार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आज ५ सयले बढेर तोलामा ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?