तपाईको यो साता कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बुधवारसम्मको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निरर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । बिहीवारबाट समय राम्रो रहेकोले तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सोमवारसम्मको समय राम्रो रहेकोले भौतिक स्रोत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । मंगलवारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागी आजको दिन मध्ययम रहेकोछ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । राज्यको नजिक भई काम गर्नेहरुका लागी समय फलदायी रहनेछ भने पद प्राप्तीको योग रहेकोछ । बिहीबार दिउसोबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ । अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बुधवारसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथीभाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । बिहीवारबाट समय राम्रो रहेकोले अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ । नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशि हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा तथा परिणामूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । मंगलवारबाट समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । विरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवाढी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धबिश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भूमिका रहनेछ । बिहीवार दिउँसोबाट घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनीतिकर्मिका लागी समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको शुरु र अन्तको समय राम्रो रहेकोले खेलकुद तथा आट,शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाढ हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । मंगलवार र बुधबारको समय मध्ययम रहेकोले बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रमा कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । तरपनि गित संगितको क्षेत्रमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ । मंगलबारबाट बिहीबार बिहानसम्मको समय उत्तम रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरु समयमा सम्पादन हुने हुनाले नया काम गर्न जोस जागर आउनेछ । शिक्षाकै सवालमा लामो दुरीको यात्रा हुने प्रसस्त सम्भावना रहेकोछ । आफन्त तथा घर परिवारका सदस्यहरुका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमुलक काममा मन जाने योग रहेकोछ । एकल तथा साझेदारी व्यावसाय फस्टाएर जानेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सुखद समाचारले आजको दिन उत्साहपुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिहीबार दिउसोबाट समय मध्ययम रहेकोले भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागी हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?