प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रमा बिहान कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएको दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरेका छन्।

त्यस्तै दोस्रो चरणको खोप अभियानमा सहभागि हुन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।

नेपालमा दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप दिन शुरु भएको छ ।

त्यस्तै आजै गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?