लोक सेवा आयोगको राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा शुरु

लोकपथ
0
Shares

काठमाडौं । काभ्रेको धुलिखेलमा लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन आज (आइतवार) बाट शुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व रहने आयोगले जनाएको छ ।

सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?