गृहमन्त्री बादलले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् ।

आजबाट प्रतिनिधि सभाको सातौँ अधिवेशन सञ्चालन हुँदैछ । त्यसका लागि उपस्थित सांसदहरुले अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले भनेको छ । संसद अधिवेशनमा उपस्थितीका लागि गृहमन्त्री बादलले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

त्यस्तै आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउँदै आजबाट नेपालमा दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?